Shahi Surendra profile
Shahi Surendra
30 0 0
Posts Followers Following
Shahi Surendra
Quote by Shahi Surendra - दियो त घरमा बल्छ मन्दिरमा बल्छ
मणी आखिर नागीनको सिरमा बल्छ
दागबत्ती दिदा बल्छ दियो घाटमा पनि,
केही दिनमा दियो मेरो तस्वीरमा बल्छ ।

                                 - गुलाब कान्छो 
                                     २०८० माघ ३, दोभानचौर - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - 😭😭


हरियो  पासपोर्ट किनियो साथी 
लौ त है देश छोडी हिनियो साथी
धरापमा  पर्यो यो देश बिग्रें म,
कल्ले बर्बाद पार्यो चिनियो साथी ।

                                                      ~सुरेन्द्र शाही'गुलाब कान्छो' - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - ~गजल~
हिड्दाहिड्दै पर्खाल भेटीयो खाडल भेटीयो 
चल्यो सिरेटो बाटैभरी धुम्म बादल भेटीयो 

कहिलेकाही यहाँ नसोचेकै घट्छन् घटना,
भोकाएको यात्रीलाई मीठो काफल भेटीयो 
    
निस्केको थिएँ एक्लै म त भारी मन बोकेर,
पलायो आशा कोही छ यात्री आँचल भेटीयो

जिन्दगीभरीको यात्री एउटा रोजें 'ऐश्वर्य',
गन्तव्यसम्म पुग्नलाई पो सामल भेटीयो 

रंगिन बन्छ जीवन गुञ्जन्छ यो रंगमञ्च,
संगीत भर्ने बासुरी भेटीयो मादल भेटीयो ।

                                                      ~सुरेन्द्र शाही "गुलाब कान्छो" - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - "क्याप्सुल"

म प्रधानमन्त्री 
तिमी गृहमन्त्री 
ठाक्ठुक त भइहाल्छ
सरकार चलाउदा
तर, 
अन्तिममा सहमति मै कुरा मिलाएर 
टुङ्गोमा पुग्नुपर्छ ल !
किनकि यहाँ,
 "ME" लाई उल्टो पार्दा "WE" हुने रहेछ 
So..
I र You मिलेर "WE" बन्नु पर्यो
अनि,
पहिले निर्माण गरेको संविधान 
अब मिलेर संशोधन गरौंला है माया
जहाँ हाम्रा सबै अधिकार सुनिश्चित होस् 
चित्त हामी कसैको नदुखोस् ।

      ~ सुरेन्द्र शाही 'गुलाब कान्छो' - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - हार होला जित होला खेल न हो जिन्दगीको 
माया होला प्रित होला खेल न हो जिन्दगीको 
अरे आउँछन् जान्छन् बसन्त र शिशिर ऋतु,
दुःख  सुख रित होला  खेल न हो जिन्दगी ।।

                                                        ✍️ सुरेन्द्र शाही 'गुलाब कान्छो',बाजुरा - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - मुक्तक प्रश्नोत्तर

खाएकै छौ टन्न पेटभरि किन ढोसो माग्छौ?
दिएकै छम मासु  भात अझै बोसो माग्छौ
माग्नेका सन्तान हौ तिमी मागेरै खाउ पापी,
नुनको ढिको माग्छौ मच्चाको कोसो माग्छौ।
१
किन चल्दैन  डेग सक्छौ भने लोसो बाँड
चम्किनसक्छ दियो अलिअलि मोसो बाँड
जित तिम्रै हुन्छ फेरि देश खोक्रो पार्नेहरू,
नुनको ढिको बाँड मच्चाको कोसो बाँड ।
२

                                               सुरेन्द्र शाही 'गुलाब कान्छो', २०७८/११/०८ - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - प्रणय दिवस
गुलाबहरू अझैं ल्याउ मुटु छोप्न काम लाग्छ
छोडेर गएको पल आँशुमा चोप्न काम लाग्छ 
थाहा छ सबै  गुलाब फुल्ने  काँडा बिचमै हो,
फूलसँगै काडाँ ल्याउ घाउ खोप्न काम लाग्छ ।

                                                                              ✍️ सुरेन्द्र शाही 'गुलाब कान्छो' - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - साइनो

बाटो छोड गवार
राष्ट्रपतिको सवार
लाग गरीब वारपार 

                         ✍️गुलाब कान्छो - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - झुपडीमा ज्वोती दिने टुकी बन्नु छ
हिमाली फेदमा फुल्ने बुकी बन्नु छ ।
थाङ्नो लाउँला आटो खाउँला बरु म,
करोड  बन्नु छैन बस् सुकी बन्नु छ ।।
    
                    ~सुरेन्द्र शाही 'गुलाब कान्छो' - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - मुटु पो सानो छ त
माया गर्ने मन विराट छ
आउ सुटुक्क बस म भित्र
तिम्रो लागि जीवन दान गर्छु ।
                 ~ गुलाब कान्छो - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments

Explore more quotes

Shahi Surendra
Quote by Shahi Surendra - 🌹गजल🌹

एक्लै बस्छु म झोक्राएर रानी वन सम्झिन्छु।
मलाई माया गर्ने त्यो कमलो मन सम्झिन्छु।

जब उत्ताउला हुन्थे हाम्रा यी दुई'टै मुटु,
अनि घमासन युद्धका दुवै तन सम्झिन्छु।

दिन ढल्केर रात घर्किदै गर्दा त्यो क्षणमा,
मध्यराति बाह्र बजे प्रियसी झन सम्झिन्छु।

आँखा रसाएर आउँछन् मन रोएर आउँछ,
तिम्रै ती आफन्तहरूको गनगन सम्झिन्छु।

ज्वालामुखी फुट्छ मुटुभित्र सम्हालिन्छु आफै,
निर्धक्क हामी छुट्टीदाको भनाभन सम्झिन्छु।।
                                    ~ गुलाब कान्छो - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - मुखले ठिक्क
व्यबहारले दिक्क
पार्ने आफन्त भन्दा
च्यो भन्दा आउने हडी (जा) भन्दा जाने मेरै कुकुर ठिक छ ।

~ गुलाब कान्छो - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - ~याद~
जान्थ्यौँ हामी त घाँस दाउरा डोको बोकेर
शनिवारको  दिन खाजाको पोको बोकेर 
बाटो हेरि बस्नु हुन्थ्यो आमा खाना पकाइ,
खुवाउनु हुन्थ्यो आफ्नो पेट भोको बोकेर

                                               ✍️शाही सुरेन्द्र 'गुलाब कान्छो' - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - गजल

मायामा अब आगो चाहिदैन पानी चाहिदैन
मलाई तिम्रो रुप अनि जिन्दगानी चाहिदैन ।

निकै  समय सोचेर मैले  निर्णय  गरेको हुँ,
दान गर्छु म आँखाका यी दुवै नानी चाहिदैन ।

लैजाउ यही मेरो तन मारेर कतै काम लाग्ला,
भो अघाइसकें मलाई मेरो परानी चाहिदैन ।

मुटु लियौ कलेजी लियौ मसानघाटमा फाल्यौ,
जिउँदै तन जलेर  बनेको खरानी  चाहिदैन ।

सिर्प जोकर भएँ म त तिम्रो मायाको खेलमा,
हजारीलाई राजा 'गुलाब' लाई रानी चाहिदैन ।।
     

                                                        © गुलाब कान्छो, सुर्खेत 
                                                              २०७९/९/२ - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - काफी छ एक जन्म
चाहिदैन  सयौं जुनी
खुशी मै चल्छ यो जीवन ! - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - चुनावको  नाउँ  गरी भण्डारखाल  आयाको छ 
क्यान होला हाम्मा बाजुरा अनिकाल आयाको छ 

माँइसकन  माँइसले काट्न्या  कस्तो जुग होला,
नेताकै निम्ति  रैती मार्न्या  हरसाल आयाको छ

छकालबासा खाना नाई जत्ती दु:ख्ख गर्यापन,
नेताउ तम्रा भात आयाको छ दाल आयाको छ

  गेडा दाना केई नाई रित्तो भित्त  कोठीला हेर्या,
अनाज नेताजी कै घर फालाफाल आयाको छ 

गोदाइले मर्न्या भ्याइ छ अब यै कलिजुगमा,
यै ठउर हुन्या चाल नहुन्या चाल आयाको छ  ।
                            © गुलाब कान्छो - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - भयो अब मलाई तिमी आँखा लाउन छोड
दुर्घटना हुनसक्छ मेरो  निम्ति धाउन छोड 
आफ्नै सुर गरिसके  लगनगाँठो कसिसके,
भयो अब तिमी मेरो बाटो तिर आउन छोड ।

  गुलाब कान्छो - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - 'I am the son of a Nepali mother,
I am proud to be a Nepali.
The head of the world is here,
which is Mount Everest!
And you don't have to go anywhere
else to find heaven except Nepal.'
             ✍️ Gulab kanchho  - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - सधैं काँधमा म
नेपाली झण्डा बोकि 
तय गर्दछु यात्रा
मेरो तन,मन र जीवनमा
बस् नेपाल आमाको माया छ
पहिला देशको रक्षा गर्न चाहान्छु
देशलाई म सधैं शिरमा राख्छु
किनकि नेपाल रहे मात्र म
नेपाली हुँ, नेपाली रहनेछु
मलाई नेपाली माटोको
अत्ति माया छ
किनकी यिनै मेरी आमा!

                      कविता          
              ✍️गुलाब कान्छो - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - शिरमा झण्डा
सपूत म नेपाली
देशको माया


                         हाइकु
              ✍️गुलाब कान्छो - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments

Explore more quotes

Shahi Surendra
Quote by Shahi Surendra - गजल 

तिम्रो वचनको जवाफ व्यबहारमा दिदै छु ।
कतै तिम्रो मुटु दुख्छ कि स्याहारमा दिदै छु ।

गरीब छु  धनको त लाख  नखोज्नु मबाट,
खुशी सबै लिलाम गरी हजारमा दिदै छु ।

मलाई हराइ आफै जितेकोमा तिमीलाई,
मेरो यही मुटु   पनि उपहारमा दिदै छु ।

न हुनसक्छ  भेट छुटेपछि  अन्तै हिडेपछि,
लैजाऊ आजै म जे दिन्छु हतारमा दिदै छु ।

म म जस्तै  रहिन भने मायामा धोका हुँदा, 
धोकेबाजलाई मेरो सर्वस्व रहरमा दिदै छु ।।
                                        ✍️गुलाब कान्छो - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - मुक्तक

जस्तोसुकै बाधा आउन् हाँसेरै सहीदिन्छु
दु:खकष्ट भुलेर म मुस्कानसँगै बहीदिन्छु
शहनशिलता, धैर्यता  जीवनका  सारथी,
उडोस् कोही दम्भले म भुँई मै रहीदिन्छु ।।
                               ✍️गुलाब कान्छो - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - गजल 
तिम्रो खुशीको संसार भाग्यमानी रहेछ ।
त्यही जिउने आधार भाग्यमानी रहेछ ।।

म आफैलाई लाग्छ त्यो परिश्रमी मै हुँ,
दु:खमा जोडें हजार भाग्यमानी रहेछ ।।

दिन-रात नभनी खटीरहें जोहो गर्न,
अनि पो मेरो हतार भाग्यमानी रहेछ ।।

छिमेकी कोही हुन्न खेलो ब्यापार हुन्छ,
सोझा ठग्ने त्यो बजार भाग्यमानी रहेछ ।।

महलमा बस्ने ऊ भन्दै थियो मलाई,
तिम्रो फुटेको निधार भाग्यमानी रहेछ ।।
                   ✍️गुलाब कान्छो,बाजुरा 
                    ०७८/१/२५ - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - यात्रामा केहिले कछुवा कहिले खरायो भएको छु
जिन्दगीमा कहिले सिहं कहिले जरायो भएको छु।
भविष्य ठानेका कैयौं सपना मेरा अतीत भएका छन् 
धेरै अमर कथाहरू इतिहासमा कथित भएका छन् ।१।
                                                  
                                                         ✍️गुलाब कान्छो 🌹
       
 - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - मुक्तक
भाइबहिनीको भेट हुन त तिहार बनेको हो
धागोमा फूल उनिएर पो पुष्पहार बनेको हो
यसै कारण दाजुभाइ दिदीबहिनीको सम्बन्ध,
अजम्वरी हुनाले यही सदाबहार बनेको हो।।
                                          ✍️गुलाब कान्छो
      - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - हामी
संसारका  
पाहुना हौँ
मलाई लाग्थ्यो 
मेरा मित्रहरू मात्र छन्
एक तिमी रहेछौ मेरो दुश्मन 
तर,यो नबिर्स है
सझा दुश्मन छ
तिम्रो र मेरो 
त्यो हो
मृत्यु 

                       ✍️ गुलाब कान्छो - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - हिजोका घात अन्तरघात बिर्सेर आऊ
सबै समान  हामी  त जात बिर्सेर आऊ
निर्वाचन  हुने नै भो  चुनाव  लड्नै पर्यो
देश बनाउन स्वार्थी बात बिर्सेर आऊ ।

                       ✍️ गुलाब कान्छो - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - मुक्तक
पुर्णिमाको जुन  देखेर भुक्ने  कुकुरहरू
बिजुली चम्किदा सुटुकै लुक्ने कुकुरहरू
देखेको छु अवसर पायो कि झम्टिने झ्याप्पै
गधाको अगाडी गएर झुक्ने कुकुरहरू ।।
                                ©-गुलाब कान्छो - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - कुरामा चिल्लो घसेर बोल्ने देखि डराउछु म । किन कि चिल्ला कुरौटेबाटै बेलाबेला लुटिएको छु र कैयौंपटक चिप्लिएरको पनि । खस्रा कुराले केही गर्ने ल्यागत राख्दछ ।
       🌹गुलाब कान्छो🌹 - Made using Quotes Creator App, Post Maker App
0 likes 0 comments
Shahi Surendra
Quote by Shahi Surendra - साइनो
यथाशीघ्र कदम
विकासमा हरदम 
परतन्त्र खोल लगाम ! - Made using Quotes Creator App, Post Maker App
1 likes 0 comments

Explore more quotes